ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिभिल लघुवित्तले नवौं वार्षिक साधारणसभा चैत ५ गते गर्ने 

२०७७ फागुन, ७  
लगानी
Image Not Found

फागुन ७, काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभा आगामी चैत ५ गते बिहीवार हुने भएको छ । कम्पनी सञ्चालक समितिको बिहीवार बसेको बैठकले बोगनभिल्ला इभेन्टस, त्रिपुरेश्वरमा विहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

सभाले चुक्तापूँजीको ०.१८४ प्रतिशत नगद लाभांश र ३.५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ भने आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ । 

साधारणसभामा भाग लिन तथा लाभांश प्रयोजनका लागि संस्थाको शेयर दाखिल खारेज (बुक क्लोज) फागुन २० गते बन्द रहने छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा फागुन १९ गतेसम्म कारोबार भई प्रचलित कानुन बमोजिम यो संस्थाको शेयर रजिष्ट्रार सिभिल क्यापिटलमा प्राप्त शेयर नामसारीको लिखतका आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।  
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्