ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पिपुल्स हाइड्रोपावरको वार्षिक साधारणसभा फागुन २९ गते  

२०७७ फागुन, ७  
लगानी
Image Not Found

फागुन ७, काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको २०७६/७७ को  वार्षिक साधारणसभा फागुन २९ गते शनिवार हुने भएको छ । कम्पनी सञ्चालक समितिको बिहीवार बसेको बैठकले इन्द्रेणी बैंक्वट, नयाँ बानेश्वरमा विहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । कम्पनीले जुमबाट सभा अयोजना गर्ने जानकारी दिएको छ ।  

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ भने आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ । 

कम्पनीको अधिकृत पूँजी वृद्धिका लागि प्रबन्धपत्रको दफा ६ (क) मा संशोधन गर्ने प्रस्ताव पारित गरिने बताइएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्