ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

शुक्रवार १ हजारले ओरालो लाग्यो सुनको मूल्य

२०७७ फागुन, ७  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ७, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार पनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । स्थानिय बजारमा शुक्रवार सुनको भाउ रू. १ हजारले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ८८ हजार २०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू ८९ हजार २०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. १ हजारले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८७ हजार ७५० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू. ८८ हजार ७५० मा कारोबार भएको थियो । 

यस्तै, शुक्रवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीवार प्रतितोला रू. एक हजार ३३५ मा कारोबार भएको चाँदी शुक्रवार प्रतितोला रू. एक हजार ३०५ खरीदविक्री भइरहेको छ । बिहीवारको तुलनामा शुक्रवार चाँदी रू. ३० ले घटेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्