ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिटिजन्स बैंक र पे लेस एप्स बीच विशेष छूट दिने समझदारी

२०७७ फागुन, ७  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ७, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र पे लेस एप्स बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले पे लेस एप्ससँग आवद्ध ४५० भन्दा बढी आउटलेटहरूमा विशेष छूट पाउनेछन् । हालसम्म कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको  कम्पनीले बताएको छ ।

कम्पनीले देशैभरी फैलिएका आफ्ना १०९ ओटा शाखा, ९८ ओटा एटीएम र १०७ ओटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करीब ७ लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बताएको छ ।

कम्पनीले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटल च्यानलको माध्यमबाट प्रदान गरिरहेको पनि बताएको छ । 

यसलाई मूर्त रुप प्रदान गर्न कम्पनीले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्गएपमा लग–ईन गरेर काउन्टरमाभएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकमझिक्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ । यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकासमा टेवा पुग्ने विश्वास कम्पनीले लिएको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्