ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साझा यातायात सहकारीको साधारण सभा सम्पन्न, विद्युतीय बस खरीद प्रक्रिया शुरु गरिने

२०७७ फागुन, ७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ७, काठमाडौं । साझा यातायात सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । साधारण सभाले कम्पनीको आव २०७५/ ७६ र आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन पारित गर्दै वित्तीय विवरण स्वीकृत गरेको छ  ।

साथै सभाले आगमी चार वर्षका लागि नयाँ सञ्चालक समितिका पदाधिकारीहरू निर्वाचित गरेको छ । उक्त  समितिको अध्यक्षमा कनकमणि दीक्षित र सदस्यहरूतर्फ वन्दना थापा, शुशिल प्याकुरेल र भुषण तुलाधर निर्वाचित भएका छन् ।

लेखा सुपरिवेक्षण समितितर्फ भने संयोजकमा प्रदिपराज उपध्याय र सदस्यमा  सृजना देवकोटा  तथा  कुललाल डंगोल निर्वाचित भएका छन् । संचालक समितिका अन्य पाँच सदस्य सहकारी नियमावाली ऐन अनुसार नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधि रहने छन् ।

सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष दीक्षितले अब साझा यातायातको सरकारबाट डेढ वर्ष अघि प्राप्त शेयर रकम प्रयोग गर्न अनुमति दिएकोले तत्काल विद्युतीय सहरी बस खररीद प्रक्रिया अगाडी बढाइने  बताए ।

उनले यूरोपियन यूनियनले दिएको अनुदान सहयोगबाट पुराना डिजल बसलाई विद्युतीय बसमा परिणत गर्ने प्रक्रिया पनि थालिने बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्