ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

शेयर बजारको कुल पूँजीकरण ३६ खर्बमाथि, सातामा ४४ अर्बभन्दा बढीको शेयर खरीदविक्री 

२०७७ फागुन, ८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ८, काठमाडौं । फागुन महीनाको पहिलो कारोबार साता सूचीकृत कम्पनीहरुको शेयरको मूल्य (कुल बजार पूँजीकरण) रू. २ खर्ब २७ अर्ब ४ करोड २० लाखले बढेको छ । साताको अन्तिम दिन फागुन ६ गते बजार बन्द हुँदा नेपालको शेयर बजारको कुल बजार पूँजीकरण रू. ३६ खर्ब ३३ अर्ब २१ करोड ७० लाख ६६ हजार कायम भएको छ । 

गत साताको अन्तिम कारोबार दिन माघ २९ गतेसम्म यो रकम रू. ३४ खर्ब ६ अर्ब १७ करोड ४० लाख ९३ हजार थियो । कुल बजार पूँजीकरणको बृद्धिको अवस्थालाई हेर्दा कम्पनीहरुको शेयरमूल्यमा सन्तोषजनक वृद्धि भएको देखिन्छ । धितोपत्र दोस्रो बजारमा सर्वाधिक रहेको नेपाल दुरसञ्चार कम्पनीको कुल बजार पूँजीकरण रकम रू. २ खर्ब ३ अर्ब २५ करोड पुगेको छ । 

गत साताभन्दा यो साता नेपाल दुरसञ्चार कम्पनीको कुल शेयरको मूल्य रू. ८ अर्ब २५ करोड कम कायम भएको हो । गत साताको अन्तिम दिन कम्पनीको कुल बजार पूँजीकरण रू. २ खर्ब ११ अर्ब ५० करोड थियो । गत साताको अन्तिम कारोबार दिन प्रतिकित्ता रू. १ हजार ४१० रहेको कम्पनीको शेयरमूल्य यो साताको अन्तिम दिन रू. १ हजार ३५५ मा झरेको हो ।

यो साता बैंकिङ समूहको परिसूचक पाँच कारोबार दिनमध्य चार दिन बढेको छ । पहिलो कारोबार दिन आइतवार १ दशमलव १५ प्रतिशत घटेको बैंकिङ समूहको परिसूचक दोस्रो दिन ३ दशमलव २१ प्रतिशत, तेस्रो दिन २ दशमलव शून्य ८ प्रतिशत, चौंथो दिन १ दशमलव ५८ प्रतिशत र पाँचौ दिन १ दशमलव २२ प्रतिशतले बढेको हो । यो साता बैंकिङसँगै, विकास बैंक, व्यापारिक र लघुवित्त समूहले सर्वाधिक कमाएका छन् ।

शेयर कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि सातामा १०९ दशमलव ७६ अंक बढेर २ हजार ६३६ दशमलव ६८ विन्दुमा पुगेको छ । यसै साता बजारले २ हजार ६०० विन्दु पार गरेको हो । गत साताको अन्तिम कारोबार दिन बजार २ हजार ५२६ दशमलव ९२ विन्दुमा बन्द भएको थियो ।

बजारको समग्र कारोबारको अवस्था हेर्दा सबै परिसूचक सकारात्मक देखिएका छन् । यो साता कारोबार रकम बाहेक सबै परिसूचक गत साताको भन्दा बढेको छ ।

गत साता रू. ४५ अर्ब २६ करोड ८५ लाख २७ हजार बराबरको ८ करोड ४६ लाख ९८ हजार २२ कित्ता शेयर कारोबार भएकोमा यस साता रू. ४४ अर्ब १४ करोड ४९ लाख ७१ हजार बराबरको ९ करोड २३ लाख ६६ हजार ३५३ कित्ता शेयर कारोबार भएको हो । गत साताभन्दा यो साता कारोबार रकम रू. १ अर्ब १२ करोड ३५ लाख ५५ हजार कम भएको हो भने कारोबार कित्ता ७६ लाख ६८ हजार ३३१ कित्ता बढी भएको हो । 

साताको पाँचौ कारोबार दिनमा कारोबार रकममा सर्वाधिक हिस्सा पहिलो दिन नेको इन्स्योरेन्सले, दोस्रो दिन निर्धन उत्थान लघुवित्तले, तेस्रो दिन नबिल बैंकले, चौंथो दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकले र पाँचौ दिन एनआईसी एशिया बेंकले ओगटेको छन् । 

साताको पहिलो दिन आइतवार साझ नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको थियो । उक्त समिक्षामा मार्जिन कर्जाको सीमा घटाउने र वाणिज्य बैंकहरुले लघुवित्त कम्पनीहरुलाई दिने कर्जा सापटी कटौती गर्ने व्यवस्था लागू हुने भन्दै आत्तिएका लगानीकर्ता अधिकांश व्यवस्था यथावत राखीएकाले उत्साहित भएका हुन् । 

धितोपत्र दोस्रो बजारमा यसै साताको पहिलो कारोबार दिनदेखि हालसम्मकै उच्च कित्ता शेयर सूचीकृत गराएको नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेण्टको शेयर कारोबार शुरु गरेको छ । 

यस कम्पनीको पनि कारोबारको चौंथो दिन कारोबार रकममा सर्वाधिक हिस्सा ओगटेको थियो । फागुन ५ गते रू. ८ अर्ब ३ करोडभन्दा बढी रकमको शेयर कारोबार भएकोमा नेपाल इन्फ्रास्ट्रक्चरको रू. ६९ करोड ४३ लाख ६१ हजार बराबरको शेयर कारोबार भएको थियो ।

साताको बजारमा देखिएको परिवर्तनको अवस्था :

                                                   स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

पाँच कारोबार दिन सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीहरु :

                                                                 स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्