ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

स्वरोजगार लघुवित्तले आव्हान गर्‍यो १२औं वार्षिक साधारण सभा

२०७७ फागुन, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ८, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २९ गते १२औं वार्षिक साधारण सभा आव्हान गरेको छ । 

कम्पनीले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा दिनको ११:३० बजेका लागि सभा बोलाएको हो । कम्पनीको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । 

सभाले शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १२ दशमलव ४० प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाको अन्य प्रस्तावमा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको अधिकृत, जारी र चुक्ता पूँजी वृद्धि गर्ने र सोही बमोजिम प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने पनि रहेको छ ।  

साधारण सभा र लाभांश प्रयोजनका लागि फागुन १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा फागुन १३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभाभा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्