ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

‘दिगो आर्थिक समृद्धिका लागि खोज र अनुसन्धानमा आधारित उद्यम’ 

२०७७ फागुन, ८  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ८, वीरगञ्ज  । उद्यमशिलता विकासका लागि खोज र अनुसन्धानमा आधारित उद्यम व्यवसायको प्रवद्र्धन हुनुपर्ने सरोकारवालाले बताएका छन् । 

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जको पदस्थापन समारोहका सहभागी वक्ताहरूले दिगो आर्थिक विकास र समृद्धिका लागि अब उद्यम व्यवसायमा नयाँ योजनाको खाँचो औंल्याएका हुन् ।

वीरगञ्जमा शुक्रवार साँझ एनवाईईएफका पदाधिकारी र कार्य समिति सदस्यहरूको पदस्थापन गरिएको हो । समितिको अध्यक्षमा अनुप अग्रवाल, प्रथम उपाध्यक्षमा राकेश साह र द्वितीय उपाध्यक्ष सन्दीप अग्रवाल रहेका छन् । 

संस्थापक अध्यक्ष अरविन्द्र अमात्य, विश्वासप्रताप साह, काजल सिंह, अक्षत साह, विकाश ठाकुर, मनिषा सुनुवार श्रेष्ठ, सङ्कल्प शाक्य र पंकज अग्रवाल कार्यसमिति सदस्य रहेका छन् । 

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले एनवाईइएफको कार्यालय सञ्चालनका लागि संघको कार्यालयमै एउटा कोठा उपलब्ध गराउने बताए ।

युवा उद्यमीले नयाँ दृष्टिकोणसहित समृद्धिको अभियानलाई अघि बढाउनुपर्ने सुझाव उनको थियो । एनवाईईएफको नेशनल गभरनिङ्ग काउन्सिलका अध्यक्ष प्रकाश देव पालिखेले युवा उद्यमीको भूमिका सधैं रचनात्मक हुनुपर्ने बताए ।

संस्थापक अध्यक्ष अमात्यले देश हाँक्ने क्षमता बोकेका युवाले उत्पादक तथा अनुसन्धानजस्ता कुराहरूलाई सँगसँगै अघि बढाउनुपर्ने बताए । अध्यक्ष अग्रवालले सकारात्मक व्यवसायिक सोच र दृष्टिकोणलाई सशक्तिकरण गरेर युवा उद्यमीहरुको विकास र प्रवर्द्धन संस्थाको उद्देश्य भएको बताए । युवा उद्यमीको दक्षता अभिवृद्धिका कार्यक्रमहरुलाई निरन्तरता दिइने योजना पनि उनले सुनाए । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यसमेत रहेका केडिया, अर्का कार्यकारिणी सदस्य सुवोधकुमार गुप्ता, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का नवनिर्वाचित अध्यक्ष गणेश लाठ, प्रदेश कार्यकारिणी समितिका सदस्य अशोककुमार टेमानी र प्रदीप केडियालाई सम्मानित गरिएको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्