ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

गौतमबुद्ध रंगशाला निर्माणको लागि ललितपुर महानगरद्वारा २० लाख सहयोग

२०७७ फागुन, ८  
समाचार
Image Not Found

फागुन ८, चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंशालाका लागि ललितपुर महानगरपालिकाले रू. २० लाख सहयोग गरेको छ । 

रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेशन र महानगरपालिकाबीच शुक्रवार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) लाई रू. २० लाख बराबरको चेक हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा प्रमुख महर्जनले रंगशाला निर्माणका लागि सबैको थोरैथोरै सहयोगले बल पुग्ने बताए । उनले सबैको हातेमालोबाट रंगशाला निर्माण हुनेमा विश्वस्त रहेको उल्लेख गरे । फाउण्डेशनका अध्यक्ष धुर्मुसले अप्ठ्यारो परिस्थितिमा ललितपुर महानगरपालिकाले गरेको सहयोगले देशको रंगशाला निर्माण भइरहेको छ भन्ने सन्देश दिएको बताए । 

रंगशाला निर्माणका लागि देशभरका विभिन्न पालिकाबाट सहयोग प्राप्त हुनेक्रम बढ्दै गएको पनि फाउण्डेशनका अध्यक्ष कट्टेलले जानकारी दिए । महानगरपालिकाको सहयोगबाट रंगशाला निर्माणका लागि ऊर्जा थपिएको पनि उनले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्