फागुन ८, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले ‘सूर्या चौरासी पुजा’ नामक नयाँ बीमा योजना बजारमा ल्याएको छ । दीर्घ जीवन, समृद्ध भविष्य भन्ने सन्देशका साथ कम्पनीले सोे योजना बजारमा ल्याएको हो ।
उक्त बीमा योजनाको शुभारम्भ शुक्रवार शताब्दी पुरुष सत्यमोहन जोशीले गरेका छन् । बीमा योजनामा बीमीतको उमेर चौरासी वर्ष पुग्दासम्म रक्षावरण गर्नेछ भने ‘सूर्या चौरासी पूजा’ बीमा योजनाले बीमांकको २५० प्रतिशतसम्म बीमा कभर पर्दान गर्ने कम्पनीले जानकारी दिएको छ ।
यस्तै, बीमितले बीमाशुल्क भुक्तानी अवधि पश्चात एकमुष्ठ आर्जित बोनस प्राप्त गर्नुका साथै सो पश्चात निजको उमेर ८३ वर्ष नपुग्दासम्म बीमांकको ६ प्रतिशतका दरले वार्षिक पेन्सन समेत प्राप्त हुनेछ ।
अन्नततः बीमितको उमेर ८३ वर्ष पूरा भई ८४ वर्षमा प्रवेश गर्दा बीमितलाई बीमांकको १५० प्रतिशत रकम बिमा वापतको अन्तिम भुक्तानी प्राप्त हुनेछ । सो रकमबाट बीमितले निजको चौरासी पूजा उत्सवका रुपमा धुमधामका साथ मनाउन सक्नेछन् ।
कम्पनीका अनुसार ‘सूर्या चौरासी पूजा’ बीमा योजना १६ वर्ष देखी ६० वर्षसम्म उमेरका व्यक्तिहरुले १० देखी ५० वर्षसम्म बीमाशुल्क भुक्तानी अवधीका लागि खरीद गर्न सक्नेछन् ।
न्यूनतम १ लाख रुपैया बीमांक तोकिएको सो बीमा योजना एकल भुक्तानी तरिकामा समेत उपलब्ध रहेको छ, भने बीमा प्रारम्भको दुई वर्षपछि बीमा अवधिभर बीमा सर्मपण र बीमालेख धितोमा कर्जा सुविधाको समेत व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।