ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

जी ७ का नेताहरुद्वारा जी २० समूहसँग मिलेर काम गर्ने प्रतिबद्धता        

२०७७ फागुन, ८  
अन्तरराष्ट्रिय
Image Not Found
शुक्रवार आयोजित भर्चुअल बैठकको अध्यक्षता बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले गरेका थिए।फाइल फोटो

फागुन ८, लन्डन । विश्वका ठूला अर्थतन्त्र भएका देशहरु जी ७ का सदस्य राष्ट्रहरुले जी २० समूहसँग मिलेर काम गर्ने बताएका छन् ।

ती देशहरुले विश्वका कैयौं समस्याहरुसँग सँगै मिलेर काम गर्ने बताएका छन् । हाल विश्वमा देखा परिरहेको कोरोना भाइरसको महामारीका साथै अरु पनि कतिपय समस्याको समाधानमा लाग्ने बताएका हुन् ।     
     
यस संगठनको शुक्रवार भएको भर्चुअल बैठकमा कोरोना भाइरसको महामारी, जलवायु परिवर्तनका साथै अरु पनि धेरै क्षेत्रीय र अन्तरराष्ट्रिय मुद्धाहरुमा साथ साथमा मिलेर काम गर्ने बताएका हुन् । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अध्यक्षता गरेको उक्त बैठकमा सहभागी भएका जी ७ का नेताहरुको सो धारणा शुक्रवार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।     
     
जी ७ द्धारा जारी गरिएको संयुक्त प्रेस वक्तव्यमा भनिएको छ–  जी ७ का हामी सदस्य राष्ट्रहरु सम्मिलित बैठक शुक्रवार भर्चुअल बिधिबाट बस्यो र यस बैठकमा हामी कोभिड १९ का साथै अरु पनि विभिन्न अन्तरराष्ट्रिय समस्याहरुको समाधानका लागि सँगै मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छौं।

सो विज्ञप्तिमा भनिएको छ– हामीले आगामी दिनमा यस कोभिड -१९ को महामारीबाट मुक्त हुनुका साथै यसबाट सृजना भएको समस्याको समाधान गर्ने र यसले पुर्‍याएको क्षतिको पनि पुनर्निर्माण गर्ने गरी मिलेर काम गर्नेछौं।     
     
जी ७ को संगठनको अध्यक्षता यस वर्ष बेलायतले गरेको छ । शुक्रवारको सो भर्चुअल बैठकको अध्यक्षता पनि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले गरेका थिए। सो बैठकमा हाल कोभिड- १९ को विश्वव्यापी महामारीको नियन्त्रणका साथै आवश्यक सहयोग उपलब्ध गराउने कामको नेतृत्व विश्व स्वास्थ्य संगठनले गरेकोले त्यस संगठनलाई पनि आवश्यक सहयोग गर्ने बताइएको थियो ।     
     
हाल विश्वमा कोरोना भाइरसको खोप वितवरण भइरहेको र त्यस खोप सबैलाई उपलब्ध हुन नसक्ने अवस्था आएमा कोभ्याक्सका माध्यमबाट दिने सहयोगका लागि पनि विश्व स्वास्थ्य संगठनका माध्यमबाट सहयोग उपलब्ध गराउने सहमति सो बैठकमा भएको थियो ।

यस जी ७ मा क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका सदस्य रहेका छन् । यस संगठनको बैठक शुक्रवार लन्डनबाट बेलायतका प्रधानमन्त्री जोन्सनले सञ्चालन गरेका थिए ।  रासस/ सिन्ह्वा
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्