ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिद्धार्थ बैंकद्वारा गोंगबु क्षेत्रका होटल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण  

२०७७ फागुन, ८  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ८, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले शुक्रवार गोंगबु शाखामा एक समारोह आयोजना गरी गोंगबु क्षेत्रका नेपाली होटल व्यवसायी संघसँग आवद्ध ५० होटल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृृत शम्भुनाथ गौतम, गोंगबु शाखा प्रबन्धक मिन बहादुर चौलागाई, नेपाली होटल व्यवसायी संघका महासचिव गणेश ढकाल साथै होटल व्यवसायी सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा शम्भु नाथ गौतमले श्रमिक गेष्ट हाउसमा क्यूआर कोड मार्फत भुक्तानी गरी कार्यक्रम सम्पन्न गरेका हुन् । 

उक्त क्यूआर कोड सेवा शुरु भएसँगै ग्राहकहरुले नेपाली होटल व्यवसायी संघ अन्तर्गतमा रहेका होटल तथा लजहरुमा आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी होटल सञ्चालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् । 

बैंकले हाललाई ५० होटल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको छ र आगामी दिनहरुमा होटल संख्या थप गर्ने कार्यलाई निरन्तरता दिदैँ जाने योजना बैंकको रहेको छ । 

नगदरहित कारोबार प्रवर्द्घन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम मार्फत साना तथा मझौला उद्यमीहरु डिजिटल बैंकिङतर्फ प्रोत्साहन हुने विश्वास बैंकले लिएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्