ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल इन्ष्टिच्युट अफ कम्पनी सेक्रेटरिजको साधारण सभाले चयन गर्‍यो नयाँ सञ्चालक समिति 

२०७७ फागुन, ८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ८, काठमाडौं । कम्पनी सचिवहरुको संस्था नेपाल इन्ष्टिच्युट अफ कम्पनी सेक्रेटरिज (एनआईसीएस) को शनिवार सम्पन्न १५ औं वार्षिक साधारण सभाले सात सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ । 

सभाबाट रमेश घिमिरे, माधव रेग्मी, टीका भट्टराई, रामचन्द्र खनाल, गुरुप्रसाद अधिकारी, चुडामणि पराजुली, भीष्म न्यौपाने निर्विरोध चयन भएका हुन् । घिमिरे, रेग्मी, भट्टराई र खनाल यसअघि पनि सञ्चालक थिए । नयाँ सञ्चालक समितिले अध्यक्ष, उपाध्यक्ष र प्रवन्ध सञ्चालक छान्नेछ । 

नयाँ सञ्चालक समिचि चयन गर्न गर्न अधिवक्ता मुकुन्द्र पौडेललाई निर्वाचित अधिकृत नियुक्त गरिएको थियो । निर्वाचन समितिले फागुन १ गते निर्वाचन कार्यक्रम प्रकाशन गरेकोमा सञ्चालक हुन सात जनाको मात्रै मनोनयन परेको थियो । 

संस्थामा साधारण सदस्य ६५ जना, आजीवन संस्थागत सदस्य नौ जना र आजीवन व्यक्तिगत सदस्य १३ जना रहेका छन् । सबैलाई भोटिङको अधिकार रहेको छ । चार्टर्ड एकाउन्टेन्टहरुको जस्तै कम्पनी सचिवहरुको पेशालाई व्यवस्थित र नियमित गर्न लागिपरेको उक्त इन्ष्टिच्युटले सो सम्वन्धी विधेयकको मस्यौदा तयार पार्न सरकारलाई सहयोग गर्ने निर्णय पनि गरेको छ ।

हाल कार्यदल गठन भई कम्पनी सचिवसम्वन्धी विधेयकको मस्यौता तयार गर्ने काम भइरहेको छ । चार्टर्ड एकाउन्टेन्टहरुलाई हाल आईक्यानले नियमन गर्दै आएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्