ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कृषिमा लगानी बढाउँदै भीमदत्त

२०७७ फागुन, ९  
सुदूरपश्चिम प्रदेश
NA

कञ्चनपुर । कृषिलाई आधुनिकीकरण गरी कम लागतमै बढी उत्पादन बढाउन भीमदत्त नगरपालिकाले कृषिमा लगानी बढाउँदै लैजान थालेको छ । तीन वर्ष अवधिमै नगरपालिकाले कृषि क्षेत्रको उत्पादन वृद्धि गर्न, किसानलाई कृषियन्त्र उपलब्ध गराउन, मलखाद, बीउ र प्रविधिमा गरी १ करोड ९१ लाख २ हजार ६२० रुपैयाँ अनुदानको रूपमा किसानलाई उपलब्ध गराएको छ ।  
   
आव २०७४/७५ मा २ लाख ५५ हजार ६२०, आव २०७५/७६ मा ५४ लाख ४७ हजार र आव २०७६/७७ मा १ करोड ३४ लाख रकम लगानी गरिएको छ । किसानलाई कृषि पेशाबाटै आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत जातको गहुँ बीउ २ हजार ४०० किसानलाई वितरण गरिएकोमा १७७ मेट्रिक टन गहुँ उत्पादन भएको नगर प्रमुख सुरेन्द्र विष्टले बताए ।   
 
उनका अनुसार च्याउ उत्पादन बढाउन ७५५ लाई अनुदानमा बीउ उपलब्ध गराइएको छ, जसबाट ८७५ किलो उत्पादन भएको छ । नयाँ तीन हजार ५०० किसान च्याउ खेतीमा आवद्ध भएका छन् । मह उत्पादन बढाउन घारमा तथा माछामा आत्मनिर्भर बनाउन किसानलाई पोखरीलगायत पूर्वाधार निर्माणका लागि अनुदान रकम उपलब्ध गराएको छ । नगरपालिकाले कृषिमा आत्मनिर्भरता कायम गर्ने तथा आयात प्रतिस्थापन गर्दै लैजाने नीति लिएको छ ।

आव २०७४/७५ मा नगरपालिकाले आफ्नै लगानीमा दुई ठाउँमा बेमौसमी तरकारीखेतीका लागि ६० हजार बेर्ना उत्पादन गरी दुई हजार ५०० किसानलाई निःशुल्क वितरण गरेको थियो । सोही आवमा पाँच बिघा क्षेत्रफलमा गरिएको केराखेतीमा थोपा सिँचाइका लागि किसानलाई अनुदान रकम उपलब्ध गराइएको नगरपालिकाको कृषि शाखाका कर्मचारीको भनाइ छ ।

चालु आवमा नगरपालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन आवश्यकताका आधारमा बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख विष्टले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्