ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

हवाई इन्धनको मूल्य बढ्दा भाडादरमा पनि वृद्धि

२०७७ फागुन, ९  
समाचार
NA

काठमाडौं (अस) ।  हवाई इन्धनको मूल्यमा वृद्धि भई प्रतिलिटर ६७ रुपैयाँ पुगेसँगै निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीहरूले हवाई भाडादर बढाएका छन् । यसअघि प्रतिलिटर ६५ हुँदा रहेको शुल्क अहिले न्यूनतम १० देखि अधिकतम ९० रुपैयाँसम्म पुर्‍याउँदै वायुसेवा कम्पनीहरूले शनिवारदेखि नै नयाँ भाडादर कार्यान्वयनमा ल्याएका हुन् । उक्त भाडादर मुलुकभरका ९८ सेक्टर अर्थात् हवाई रूटहरूमा लागू भएको छ ।

वायुसेवा सञ्चालकहरूको संस्था वायुसेवा सञ्चालक संघले शनिवारदेखि नै नयाँ भाडादर कार्यान्वयन गर्न सूचना जारी गरेको हो । बुद्ध एयरका एक अधिकारीले रूट अनुसार साविकको भाडादरमा न्यूनतम २० देखि ७० रुपैयाँसम्म बढाइएको जानकारी दिए ।

नेपाल आयल निगमले फागुन ४ गते सूचना जारी इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको बताएको थियो । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत नयाँ इन्धन शुल्क कार्यान्वयनका लागि स्वीकृति दिएको संघद्वारा शुक्रवार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । संघले जारी गरेको सूचनाअनुसार काठमाडौं–माउन्टेन सेक्टरको सरचार्ज ७० रुपैयाँले बढेको छ भने सबैभन्दा धेरै भाडा बढेको सेक्टर काठमाडौं–धनगढी रहेको छ । संघका अनुसार यस सेक्टरको भाडा ९० रुपैयाँले बढको छ । साथै कम शुल्क वृद्धि हुुने रूटमा धनगढी–महेन्द्रनगर, डोटी–साँफेबगर, लुक्ला–फाप्लु रहेका छन् । यी सेक्टरको भाडा १० रुपैयाँले वृद्धि भएको संघले उल्लेख गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्