ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल निर्माण व्यवसायी महासंघ–एड्भान्स्ड कलेज सम्झौता

२०७७ फागुन, ९  
बजार
Image Not Found

काठमाडौं (अस) । औद्योगिक आवश्यकताअनुसार स्नातक उपाधिधारी विद्यार्थीहरू तयार पार्न आपसी सहकार्य गर्ने विषयमा नेपाल निर्माण व्यवसायी महासंघ र एड्भान्स्ड कलेज अफ इन्जिनियरिङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
 
नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंह र एड्भान्स्ड कलेजका अध्यक्ष रमेशकुमार सिलवालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

महासंघ अध्यक्ष सिंहले यो सहकार्यबाट विभिन्न निर्माण परियोजनामा काम गरी विद्यार्थीले आफ्नो सिकाइ क्षमतालाई अझ बृहत् बनाउन सक्ने धारणा राखे ।

महासंघका एसोसिएट उपाध्यक्ष आङदोर्जी लामा एडीले बहुआयामिक सहकार्यबाट सिभिल इन्जिनियरिङका विद्यार्थीलाई निर्माण क्षेत्रसँग सम्बन्धित व्यावहारिक ज्ञान हासिल गर्ने चौतारी प्रदान गर्ने विश्वास व्यक्त गरे ।  एड्भान्स्ड कलेजका अध्यक्ष सिलवालले सम्झौतापछि  विद्यार्थीमा निर्माण उद्योगको वास्तविक कार्य अनुभव हासिल हुने बताए ।

कलेजका कार्यकारी निर्देशक कपिलदेव रेग्मीले औद्योगिक प्रतिष्ठान र शैक्षिक प्रतिष्ठानको अर्थपूर्ण सहकार्यका माध्यमबाट दुवै संस्थाको बौद्धिक क्षमताको प्रभावकारी उपयोगलाई सहयोग पुग्ने धारणा राखे । एड्भान्स्ड कलेज तथा ईआरएमसीका निर्देशक इन्जिनियर उद्धव चौलागाईंले शैक्षिक प्रतिष्ठानले औद्योगिक प्रतिष्ठानसँग सहकार्य गर्नुपर्ने बताए  ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्