ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल–बंगलादेश बैंकको चन्द्रविनायक पार्क व्यवस्थापन समाजका पसलमा क्यूआर कोड सेवा

२०७७ फागुन, ९  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । नेपाल–बंगलादेश बैंकको चावहिल शाखाद्वारा काठमाडौं महानगरपालिका–७ स्थित चन्द्रविनायक पार्क व्यवस्थापन समाजमा रहेका तरकारी, फलफूल तथा कपडा पसलमा क्यूआर कोडको माध्यमद्वारा गरिने भुक्तानी सेवा सुरु भएको छ ।

बैंकले एफवान सफ्टसँगको सहकार्यमा क्यूरआर कोडको माध्यमद्वारा गरिने भुक्तानी सुरु गरिएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले सो क्षेत्रका व्यापारीलाई क्यूआर कोड वितरण गरे । सो अवसरमा डेपुटी  गभर्नर सिवाकोटीले विभिन्न तरकारी खरिद गरी क्यूआर कोडका माध्यमद्वारा भुक्तानी गरेका थिए । डेपुटी  गभर्नर सिवाकोटीले डिजिटल प्रविधिको माध्यमबाट सुरक्षित तरिकाले नगदरहित कारोबार गर्दा हुने फाइदाबारे जानकारी गराए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्न विभिन्न योजना सञ्चालन गरिरहेको बताए । बैंकले ग्राहक तथा व्यापारीको सुविधालाई ध्यानमा राखी सो स्थानमा वर्ल्डलिंक कम्युनिकेसनसँगको सहकार्यमा निःशुल्क वाईफाई जडान गरिएको बताएको छ ।  
हाल बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर तथा ८२ एटिएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्