काठमाडौं (अस) । ग्लोबल आइएमई बैंकले चितवन जिल्लाको ट्राफिक जरिबानाबापत बुझाउनुपर्ने रकम बैंकिङ प्रणालीबाट भुक्तानी सुरु गरेको छ ।
ग्लोबल आइएमई बैंक र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबीचको समझदारीअनुरुप जिल्लाभर सवारी नियम उल्लघंन हुँदा बुझाउनुपर्ने जरिवाना रकम बैंकका जुनसुकै शाखा कार्यालयबाट बुझाउन सकिनेछ ।
चितवनमा आयोजित कार्यक्रममा प्रहरी नायव महानिरीक्षक वसन्तकुमार लामाले उक्त सेवा सुरु गरे । कार्यक्रममा बैंकका नारायणगढ शाखाका प्रबन्धक नारायणप्रसाद पौडेलले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहका र्यमा सुरु गरिएको यो सेवाले सर्वसाधारणलाई सहज हुने विश्वास व्यक्त गरे ।
बैंकले हाल २ सय ७० शाखा, २ सय ४२ एटीएम, ४७ राजस्व संकलन एवं एक्सटेन्सन काउन्टर, २ सय ४५ शाखारहितमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।