ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

‘दिगो आर्थिक समृद्धिका लागि खोज र अनुसन्धानमा आधारित उद्यम’

२०७७ फागुन, ९  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । उद्यमशीलता विकासका लागि खोज र अनुसन्धानमा आधारित उद्यम व्यवसायको प्रवद्र्धन हुनुपर्ने सरोकारवालाले बताएका छन् । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जको पदस्थापन समारोहका सहभागी वक्ताहरूले दिगो आर्थिक विकास र समृद्धिका लागि अब उद्यम व्यवसायमा नयाँ योजनाको खाँचो औंल्याएका हुन् ।

वीरगञ्जमा शुक्रवार साँझ एनवाईईएफका पदाधिकारी र कार्य समिति सदस्यहरूको पदस्थापन गरिएको हो । समितिको अध्यक्षमा अनुप अग्रवाल, प्रथम उपाध्यक्षमा राकेश साह र द्वितीय उपाध्यक्ष सन्दीप अग्रवाल छन् ।

संस्थापक अध्यक्ष अरविन्द्र अमात्य, विश्वासप्रताप साह, काजल सिंह, अक्षत साह, विकास ठाकुर, मनीषा सुनुवार श्रेष्ठ, संकल्प शाक्य र पंकज अग्रवाल कार्यसमिति सदस्य छन् ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले एनवाईईएफको कार्यालय सञ्चालनका लागि संघको कार्यालयमै एउटा कोठा उपलब्ध गराउने बताए । युवा उद्यमीले नयाँ दृष्टिकोणसहित समृद्धिको अभियानलाई अघि बढाउनुपर्ने सुझाव उनको थियो ।

एनवाईईएफको नेशनल गभर्निङ काउन्सिलका अध्यक्ष प्रकाश देव पालिखेले युवा उद्यमीको भूमिका सधैं रचनात्मक हुनुपर्ने बताए । संस्थापक अध्यक्ष अमात्यले देश हाँक्ने क्षमता बोकेका युवाले उत्पादक तथा अनुसन्धानजस्ता कुराहरूलाई सँगै अघि बढाउनुपर्ने बताए । अध्यक्ष अग्रवालले सकारात्मक व्यावसायिक सोच र दृष्टिकोणलाई सशक्तीकरण गरेर युवा उद्यमीहरूको विकास र प्रवद्र्धन संस्थाको उद्देश्य भएको बताए । युवा उद्यमीको दक्षता अभिवृद्धिका कार्यक्रमहरूलाई निरन्तरता दिइने योजना पनि उनले सुनाए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यसमेत रहेका केडिया, अर्का कार्यकारिणी सदस्य सुबोधकुमार गुप्ता, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का नवनिर्वाचित अध्यक्ष गणेश लाठ, प्रदेश कार्यकारिणी समितिका सदस्य अशोककुमार टेमानी र प्रदीप केडियालाई सम्मानित गरिएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्