काठमाडौं (अस) । औद्योगिक प्रयोजनका लागि खपत हुने जैविक रसायन सल्फोनेटेड, नाइट्रेड व्युत्पन्न असाइक्लिक अल्कोहलको आयातको वार्षिक औसत वृद्धिदर ९.०१ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा सल्फोनेटेड, नाइट्रेड व्युत्पन्न असाइक्लिक अल्कोहलको आयात लगभग ७० करोड ११ लाख रुपैयाँको थियो, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १२.५२ प्रतिशत कम हो । मुलुकमा औद्योगिक प्रयोजनका लागि खपत हुने जैविक रसायन उत्पादन नभएको अवस्थामा यस्ता उत्पादनको आयातमा वृद्धि हुनु मुलुकको आर्थिक क्षेत्रका लागि सकारात्मक सन्देश हो भने यस्ता वस्तुको आयातमा ह्रास आउनुले अर्थतन्त्रमा समस्याहरू रहेको संकेत गर्दछ ।