ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नागरिक लगानी कोषको हकप्रदमा बढी आवेदन दिनेहरुको बाँकी रकम भोलीदेखि बैंक खातामा जम्मा हुने 

२०७७ फागुन, ९  
लगानी
Image Not Found

फागुन ९, काठमाडौं । नागरिक लागानी कोषले जारी गरेको हकप्रदमा आफ्नो हकभन्दा बढी शेयर माग गरी दरखास्त दिने आवेदकहरुको बाँकी रकम फागुन १० गते (भोली)देखि बैंक खातामा जम्मा हुने भएको छ । चुक्तपूँजीको १ः०.८३ अनुपातको हकप्रदमा आफ्नो कायम हकभन्दा बढी शेयर माग गरेर दरखास्त दिनेहरुको बाँडफाँडमा नपरेको हकप्रद शेयर वापतको रकम कोषले भोलीदेखि शेयरधनीले उपलब्ध गराएको बैंक खातामा जम्मा गरिदिने भएको हो ।

शेयरधनीहरुले बुझाएको भौतिक आवेदन फाराममा उल्लेख गरेको हितग्राही खातामा अभिलेख गरिएको बैंक खाामा आइपीएस मार्फत रकमान्तर गर्ने र अन्य शेयरधनीहरुको हकमा आफ्नो बैंक खातासहित निवेदन दिन कोषले अनुरोध गरेको छ । पुस २८ गतेदेखि माघ १९ गतेसम्म निष्कासन गरेको उक्त हकप्रद शेयर कोषले फागुन ६ गते बिहीवार बाँडफाँड गरेको हो । 

कोषले रु. १०० अंकित दरका १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद साधारण शेयरको लागि निष्कासन गरेको थियो । हकप्रद शेयर बाँडफाँडपश्चात् कोषको चुक्तापूँजी रु. ३ अर्ब पुगेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्