ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मिर्मिरे लघुवित्तद्वारा नगद लाभांश र रकम फिर्ता लिन शेयरधनीलाई अग्रह 

२०७७ फागुन, ९  
लगानी
Image Not Found

फागुन ९, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले अहिलेसम्म नगद लाभांश बुझ्न नआएका शेयरधनीहरुलाई लाभांश बुझ्न र विभिन्न समयमा लगानी गरेको रकम फिर्ता लिन आग्रह गरेको छ । साविकको नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडको विभिन्न वार्षिक साधारण सभाहरुबाट पारित नगद लाभांश कतिपय लगानीकर्ताले हालसम्म पनि नलिएकाले उक्त रकम प्राप्त गर्न आवश्य कागजपत्र लिएर कम्पनीको शेयर रजिष्टार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडमा उपस्थित हुन अनुरोध गरिएको छ । 

कम्पनीका अनुसार आर्थिक वर्ष २०७०/७१ मा रु. ६१ हजार ३२७ रुपैयाँ र २०७२/७३ मा रु. ४ लाख ३६ हजार ४०३ गरी जम्मा रु. ४ लाख ९७ हजार ७३१ लाभांश बापतको रकम भुक्तानी हुन बाँकी छ । 

उक्त आर्थिक वर्षहरुको लाभांश पूर्जा प्राप्त गरेका शेयरधनीहरुले धितोपत्र खरिदको फिर्ता हुन बाँकी रकम आफ्नो कुनै परिचयपत्र वा उल्लिखित आर्थिक वर्षहरुमा शेयरधनी भएका तर हाल आफ्नो शेयर बिक्री गरिसकेका तत्कालिन शेयरधनीहरुले आफ्नो परिचयपत्रका साथ शेयर बिक्रीको प्रमाण देखिने कुनै कागजातको प्रतिलिपी लिई आजका मितिबाट ३० दिनभित्र शेयर रजिष्टार एसबिआइ मर्चेन्टमा सम्पर्क गर्न अनुरोध गरिएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्