ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साताको पहिलो कारोबार दिन तोलामा ८०० ले बढ्यो सुनको भाउ

२०७७ फागुन, ९  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ९, काठमाडौं । केही दिनदेखि लगातार घट्ने क्रममा रहेको सुनको मूल्य आइतवार भने बढेको छ । स्थानिय बजारमा आइतवार सुनको भाउ रू. ८०० ले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू. ८९ हजारमा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८८ हजार २०० मा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला रू. ८०० ले बढेको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८८ हजार ५५० मा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू. ८७ हजार ७५० मा कारोबार भएको थियो । 

यस्तै, आइतवार चाँदीको मूल्य पनि बढेको छ । शुक्रवार प्रतितोला रू. एक हजार ३०५ मा कारोबार भएको चाँदी आइतवार १ हजार ३३० मा कारोबार भएको छ । शुक्रवारको तुलनामा आइतवार चाँदी रू. २५ ले बढेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्