ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

स्वरोजगार लघुवित्तले लाभांश पारित गर्न बोलायो साधारण सभा

२०७७ फागुन, ९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ९, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २९ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा कम्पनीले विहान ११ः३० बजे सभा बोलाएको हो । 

सभाले आर्थिक वर्ष २०७६/ ७७ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित लाभांश पारित गर्नेछ ।

यस वर्ष कम्पनीले १२ दशमलव ३९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । हाल कायम कम्पनीको चुक्तापूँजी रू. ३६ करोड ५९ लाख ३७ हजारको आधारमा उक्त लाभांश दिन लागेको हो । 

सभाले अन्य कुनै एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने भएमा सम्पूर्ण जिम्वेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ देखि फागुन २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा फागुन १३ गते बिहीवारसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्