ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पुरानो दुई ओटा आर्थिक वर्षको लाभांश बुझिलिन मिर्मिरे लघुवित्तले गर्‍यो अनुरोध 

२०७७ फागुन, ९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ९, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष ०७०/ ७१ र ०७३/ ७३ को लाभांश बुझिलिन शेयरधनीहरुलाई अनुरोध गरेको छ । 

कम्पनीले आइतवार सूचना जारी गरी उक्त आवको रू. ४ लाख ९७ हजार ७३१ दशमलव २७ बराबरको लाभांश लिन बाँकी शेयरधनीहरुलाई ३० दिनभित्र बुझिलिन भनेको हो । 

कम्पनीले सूचना सार्वजनिक भएको मितिले ३० दिनभित्र शेयर रजिष्ट्रारको कार्यालय नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड, हात्तिसार, काठमाडौंमा सम्पर्क राख्न भनेको हो ।

उक्त अवधिभित्र दाबी नभएमा उक्त लाभांश रकमको भुक्तानी गर्न बाँकी तथा हकप्रद निष्कासनको समयमा फिर्ता भुक्तानी लिन बाँकी रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा भइ जानेसमेत कम्पनीले प्रष्ट पारेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्