फागुन ९, काठमाडौं । कारोबारको छैटौं दिन आइतवार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर खरीदमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ ।
यो समाचार तयार पार्दाको समय ११ : ५५ बजेसम्ममा उच्च खरीद मागका कारण कम्पनीको शेयरमूल्य पनि सर्वाधिक ९ दशमलव ८९ प्रतिशत बढेर रू. ६०० पुगेको छ ।
कारोबारकोे उक्त अवधिसम्म कम्पनीको १ लाख ७ हजार ६६३ कित्ता शेयर खरीद माग रहेको छ । उक्त अवधिसम्म विक्रीकर्ता भने देखिएका छैनन् । आइतवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५४ ले बढेको हो ।