फागुन ९, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक १२ दशमलव ४८ अंकले बढेर २ हजार ६६९ दशमलव १५ विन्दुमा पुगेको छ ।
२ हजार ६६७ दशमलव २७ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ४७ प्रतिशतले बढेको हो ।
कारोबारको पहिलो घण्टामा अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल हाइड्रो डेभलपर्स र चद्रागिरी हिल्सको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।
पहिलो घण्टाको अवधिमा १९८ ओटा कम्पनीको ३१ हजार ५९९ पटकको कारोबारमा ५६ लाख ६४ हजार ८५ कित्ता शेयरको रू. २ अर्ब ६१ करोड ७३ लाख बराबरको खरीदविक्री भएको छ ।
पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, जलविद्युत, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र जीवन बीमा समूहको परिसूचक घटेको छ ।
यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३९ करोड ७० लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ६०० मा कारोबार भइरहेको छ ।