ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

समिट लघुवित्तले यस वर्ष लाभांश नदिने 

२०७७ फागुन, ९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ९, काठमाडौं । सजिलो लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रकृया सम्पन्न गरी एकीकृत कारोबार अघि बढाएको समीट लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश नदिने भएको छ ।

 दुबै कम्पनीको गत आर्थिक वर्ष ०७६/ ७७ को छुट्टाछुट्टै वित्तीय विवरण प्रकाशित गरी समिट लघुवित्त वित्तीय संस्थाको १२ औं वार्षिक साधारण सभाका लागि नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि पेश गरेको जानकारी कम्पनीले दिएको छ । 

समिट र सजिलो लघुवित्त एक भई गत असोज ६ गतेदेखि एकीकृत कारोबार शुरु गरेका हुन् । 

समिट लघुवित्तले अघिल्लो आर्थिक वर्ष ०७५/ ७६ को सञ्चित मुनाफाबाट २१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ११ प्रतिशत नगद लाभांश दिएको थियो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्