फागुन ९, काठमाडौं । आइतवार अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५३९ पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले शेयर मूल्य वृद्धि भएको हो ।
यो समाचार तयार पार्दाको समय १२ : २९ बजेसम्ममा कम्पनीको शेयर खरीद अर्डर १ लाख ८९ हजार ७५७ कित्ता छ भने विक्री अर्डर एउटा पनि छैन ।