ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिरहामा ५ हजार जनाले लगाए कोरोना विरुद्धको खोप

२०७७ फागुन, ९  
प्रदेश ०२
Image Not Found

फागुन ९, काठमाडौं । सिरहामा पाँच हजार ३५३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । 

दुई चरणमा सञ्चालन भएका  खोप कार्यक्रमअन्तर्गत जिल्लामा पहिलो चरणमा ३ हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

सरकारले तोकेको मापदण्डभित्र परेकाले जिल्ला अस्पताल, रामकुमार उमाप्रसाद स्मारक अस्पताल र मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्रबाट  खोप लगाइएको कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।  

खोप लगाउनेमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निजामती कर्मचारी, जनप्रतिनिधि र सञ्चारकर्मी  छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्