फागुन ९, काठमाडौं । आइतवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक १ दशमलव २४ अंकले बढेर २ हजार ६३७ दशमलव ९२ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव शून्य ५ प्रतिशतले बढेको हो ।
कारोबारको दोस्रो घण्टामा अपर तामाकोशी हाइड्रोपावर, शिव श्री हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
दोस्रो घण्टाको अवधिमा २०१ ओटा कम्पनीको रू. ४ अर्ब ३१ करोड २८ लाख ८७ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
दोस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये व्यापार, होटल्स, विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, वित्त, निर्जीवन बीमा, लघुवित्त र जीवन बीमा समूहको परिसूचक घटेको छ ।
यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४७ करोड ६२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ६०० मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ४४६ मा रू. २५ करोड ९० लाख बराबरको शेयर खरीदविक्री भएको छ ।