फागुन ९, काठमाडौं । आइतवार दुई ओटा जलविद्युत् कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
कारोबारको दोस्रो घण्टाको अवधिसम्म अपर तामाकोशी र शिवश्री हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको हो ।
अपर तामाकोशीको प्रतिकित्ता रू. ४९ ले बढेर अन्तिम मूल्य रू. ५३९ र शिवश्री हाइड्रोपावरको प्रतिकित्ता रू. १७ ले बढेर अन्तिम मूल्य रू. १८७ पुगेको हो । यो दिन जलविद्युत् समूहको परिसूचक सर्वाधिक बढेको छ । यस अवधिसम्म ४ दशमलव २६ प्रतिशत जलविद्युत् समूहको परिसूचक बढेको हो ।
जलविद्युतसँगै ४ दशमलव ३ प्रतिशतले म्युचुअल फण्डको परिसूचक बढेको छ । यस अवधिसम्म नेप्से परिसूचक भने ५ दशमलव शून्य ६ अंकले बढेको छ ।