ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिभिल बैंकको वार्षिक साधारण सभाले पारित गर्‍यो ८.४२ % लाभांश

२०७७ फागुन, ९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ९, काठमाडौं । सिभिल बैंक लिमिटेडको १० औं वार्षिक साधारण  आइतवार  भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको चुक्तापूँजीको ८ प्रतिशतका दरले हुन आउने ६४ करोड २ लाख ७१ हजार १७३ रुपियाँ ९१  पैसा  बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर शून्य दशमलव ४२ प्रतिशतका दरले हुन आउने ३ करोड ३६ लाख ९८ हजार ४८२ रुपियाँ र ८४ पैसा नगद लाभांश वितरण गर्न पनि सर्वसम्मतीले स्वीकृती दिएको छ ।

साथै सभाले  कम्पनी र  अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/ गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/ हुने वा स्वदेशी/ विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानूनअनुसार  कम्पनीको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । 

करीब ५ लाखभन्दा बढी ग्राहकहरुलाई ११४ ओटा शाखाहरु, छ ओटा एक्सटेन्सन काउन्टरहरु तथा ८९ ओटा एटीएम मार्फत सेवाप्रदान गरिरहेको  कम्पनीले करीव रु. ७८ अर्बभन्दा बढी निक्षेप परिचालन गरी रु. ७२ अर्बभन्दा बढी कर्जा लगानी गरीसकेकोे कम्पनीले बताएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्