फागुन ९, काठमाडौं । आइतवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ११ दशमलव ३७ अंकले बढेर २ हजार ६४८ दशमलव शून्य ५ विन्दुमा पुगेको छ ।
शून्य दशमलव ४३ प्रतिशतले बढेको बजारमा २०३ ओटा कम्पनीको रू. ६ अर्ब २ करोड ४४ लाख ४५ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ५१ करोड ३६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ६०० मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ४६२ मा रू. ५० करोड १४ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
तेस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये व्यापार, होटल्स, विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, वित्त, निर्जीवन बीमा, लघुवित्त र जीवन बीमा समूहको परिसूचक घटेको छ । जसमध्ये जलविद्युत समूहको परिसूचक सर्वाधिक ४ दशमलव ९८ प्रतिशतले बढेको छ ।