फागुन ९ , काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रू. ६६ करोड बराबरको ६६ लाख कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ ।
बोर्डले कम्पनीलाई आईपीओ विक्री गर्न फागुन ७ गते अनुमति दिएको हो । यो आईपीओ विक्री प्रबन्धकको जिम्वेवारी एनएमबि क्यापिटलले पुरा गर्नेछ ।
उक्त कम्पनीले जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी रू. २ अर्बको लागि रू. ६६ करोड बराबरको आईपीओ जारी गर्न लागेको हो ।
हाल कम्पनीको संस्थापकतर्फबाट मात्र चुक्ता भएको पूँजी रू. १ अर्ब ५४ करोड रहेको छ ।
आईपीओ विक्री पश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब २० करोड पुग्नेछ ।
यो पनि हेर्नुस् :
६६ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको ज्योति लाइफ इन्स्योरेन्सको वित्तीय अवस्था