ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

७५ लाख आईपीओ निष्कासन गर्ने तयारीमा रहेको सिटीजन लाइफ इन्स्योरेन्सको वित्तीय अवस्था 

२०७७ फागुन, ९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ९, काठमाडौं । सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । 

कम्पनीले आईपीओ निष्कासन गर्नका लागि रेटिङसमेत सम्पन्न गरिसकेको छ । कम्पनीले नयाँ बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी ७५ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि रेटिङ गराएको हो । कम्पनीले आईपीओ निष्कासन गर्नको लागि इक्रा नेपालमा रेटिङ गराएको हो । 

कम्पनीले निष्कासन गर्ने आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आर बीबीबी रेटिङ दिएको छ । उक्त रेटिङले कम्पनीको आधारभुत अवस्था मध्यम रहेको देखाउँछ । साथै रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमता औषत मध्यम जोखिम रहेको देखाउँछ ।

 हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ । ७५ लाख कित्ता आईपीओ निष्कासन पछि पूँजी रू. २ अर्ब ५० करोड पुग्नेछ । हालसम्ममा कम्पनीले आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको भने छैन ।नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले  आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ११ करोड १ लाख ८४ हजार नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ९ दशमलव ८ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. १० करोड ३ लाख नाफा कमाएको थियो । 

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको दोस्रो त्रैमासमा रू. १३ करोड ३९ लाख आम्दानी गरेको उक्त कम्पनीले चालू आवको सोही अवधिमा रू. १४ करोड ९७ लाख आम्दानी गरेको छ ।

कम्पनीले जगेडा कोषमा रू. ७२ करोड ८० करोड सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. १ अर्ब ४० करोड २१ लाखभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । 

यो रकम गत आवको दोस्रो त्रैमासको तुलनामा ७३ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ८० करोड ८८ लाख  बीमाशुल्क आर्जन गरेको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्