फागुन ९, काठमाडौं । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार दराजले फागुन ११ गतेदेखि दराज हाट बजार शुरु गर्ने भएको छ । यस अभियानमा दराजले ग्राहकहरुको लागि महाडील, शून्य व्याजमा सजिलो मासिक किस्ता (ईएमआई), खेल १ रूपैयाँको, निः शुल्क वितरण, निःशुल्क भउचर जस्ता आकर्षक प्रस्तावहरु लिएर आएको छ ।
यसका साथै ग्राहकहरुले दराज हाट बजारमा ५ लाखभन्दा बढी उत्पादनहरू उत्तम मूल्यमा पाउनेछन् जसमा हरेक प्रकारका लुगा कपडा, नयाँ ग्याजेट, किराना, इत्यादी सामानहरू रहेको छ ।
दराज हाट बजारमा प्रदर्शित ‘खेल १ रुपैयाँको’ गेममा भाग लिएर ग्राहकहरुले रू. १९ हजार ९९९ मूल्यको नयाँ ‘मोटोरोला जी प्ले’ जस्ता पुरस्कार केवल १ रुपैयाँमा जित्न सक्नेछन् ।
यस बाहेक ग्राहकहरुले रू. १५ हजार ९९० मूल्यको ‘अनर वाच म्यगिक’ घडी, साथै रू. २१ हजार ७२५ पर्ने आकर्षक ‘तीन सेटको कामिलिंत जक सफ्ट साइड स्पिनर सुटकेस’ पनि जित्न सक्नेछन्। यो सहित रू. ७ हजार ८४५ पर्ने ‘६ महीनाको डिश होम इन्टर्नेट प्याकेज’ पनि जित्न सक्नेछन् ।
किनमेललाई सुविधाजनक बनाउन दाराजले एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, र माछापुच्छ्रे बैंकसँग साझेदारी गरि सजिलो मासिक किस्ता सेवा (ईएमआई) शुरु गरेको छ । उल्लेखित बैंकका ग्राहकहरूले उनीहरूको क्रेडिट कार्डबाट आफूलाई मनपरेको उत्पादनहरू शून्य ब्याज र शून्य डाउनपेमेन्टमा खरीद गर्न सक्नेछन्।
यसबाहेक, ग्राहकहरूले दराज बैंक डेज छूट मार्फत डेबिट र क्रेडिट कार्डबाट प्रीपेमेन्ट गर्दा थप १५ प्रतिशत (रू. ५०० सम्म) छूट पाउन सक्छन् । यो अफर प्रत्येक दिन एकल बैंकमा सीमित छ । बैंक डेज अनुसार आइतवारः सिद्धार्थ बैंकबाट १५ प्रतिशत सम्म (अधिकतम रू. ५०००) छूट पाउनेछन् भने सोमवार सानिमा बैंक, बुधवार एनआईसी एशिया बैंक, शुक्रवार नबिल बैंक र शनिवार स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट १० प्रतिशत सम्म (अधिकतम रू.५०००) छूट पाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।