ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

स्मार्टफोनको विक्री घटेसँगै सुँगुर पालनपट्टि लाग्यो हुवावेई 

२०७७ फागुन, ९  
अन्तरराष्ट्रिय
Image Not Found

फागुन ९, साङ्हाई (चीन) । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेईले सुँगुर पालनका लागि प्रविधि बनाउन लागेको छ । 

अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सुरक्षा खतराभन्दै कम्पनीलाई महत्वपूर्ण कम्पोनेन्ट्सको आपूर्ति रोकिएपछि कम्पनीको समार्टफोनको विक्री घटेको छ । यस्तो अवस्थामा कम्पनीले नयाँ आम्दानीको स्रोत खोजिरहेको छ ।

कम्पनीले सुँगर पालक किसानका लागि मात्रै होइन कोइला उत्खनन उद्योगको लागि पनि कृत्रिम बौद्धिकता बनाइरहेको छ । हुवावेईले उपभोक्ताहरुको डेटा चीन सरकारलाई दिने गरेको ट्रम्पले बारम्बार आरोप लगाउँदै आएका छन् । 

यो आरोपको कम्पनीले भने खण्डन गर्दै आएको छ । फाइभजी मोडलको लागि कम्पोनेन्ट आपूर्ति गर्न अमेरिका सरकारबाट अनुमति नपाएपछि कम्पनी फोरजी मोडलमै सीमित भएको छ । सन् २०२० को अन्तिम त्रैमासमा हुवावेईको स्मार्टफोन विक्री ४२ प्रतिशतले घटेको थियो । कम्पनी बेलायतलगायत कयौं देशमा फाइभजी पूर्वाधार विकासबाट पनि बाहिरिएको छ । 

कम्पनीले यस वर्ष स्मार्टफोनको विक्री ६० प्रतिशतसम्म कम गरेको समाचारहरु छापिएका छन् । तर यसबारे पूष्टि भने भएको छैन । कम्पनीले क्लाउड कम्प्युटिङ, स्मार्ट भेइकल र वेयेरेबल उपकरणमा हात हालेर आम्दानीको स्रोत बढाउन खोजिरहेको छ ।  कम्पनीसँग स्मार्ट कार बनाउने योजना पनि छ । 

यस्तोमा कम्पनीले केही परम्परागत उद्योगबारे पनि विचार गरेको हो । चीनमा विश्वको सबैभन्दा ठूलो सँुगुर पालन उद्योग छ । कम्प्नीले रोग पहिचान र सुँगुरहरुको ट्र्याक राख्न कृत्रिम बौद्धिकतासहितको प्रविधि विकास गरेर सुँगुर पालनको आधुनिकीकरणमा मद्दत गर्न खोजिरहेको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्