फागुन ९, वाशिङ्टन डीसी (अमेरिका) । भर्चुअल मुद्रा बिट्क्वाइनको बजार पूँजीकरण १० खर्ब डलर नाघेको छ ।
प्रतिगोटा बिट्क्वाइनको भाउ ५५ हजार डलरमाथिको कीर्तिमानी उचाईमा पुगेसँगै शुक्रवार यसको पूँजीकरणले सो स्तर नाघेको क्वाइनडेस्कको तथ्यांकले देखाएको हो ।पछिल्लो वृद्धिसँगै पछिल्लो ६ महीनामा यसको मूल्य ३६० प्रतिशतभन्दा धेरैले बढिसकेको छ ।
हालैका दिनमा स्थापित कम्पनीहरुले लगानी गर्न थालेसँगै बिट्क्वाइनको भाउले नयाँ नयाँ उचाइ छोइरहेको थियो । एजेन्सी