ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

लकडाउन बीच बेलायतमा खुद्रा विक्री घट्यो 

२०७७ फागुन, ९  
अन्तरराष्ट्रिय
Image Not Found

फागुन ९, लन्डन (बेलायत) । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न बेलायतले लगाएको पछिल्लो लकडाउनका कारण गत महीना त्यहाँको खुद्रा विक्रीमा उल्लेख्य कमी आएको छ । 

अफिस फर नेशनल स्ट्याटिष्टिकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो महीनाको तुलनामा जनवरीमा विक्री ८ दशमलव २ प्रतिशतले घटेको छ । सो अवधिमा सबैभन्दा मारमा डिपार्टमेन्ट र क्लोदिङ स्टोर परेको ओएनएसको भनाइ छ ।

 यद्यपि खुद्रा विक्रीमा अनलाइन विक्रीको हिस्सा भने कीर्तिमानी उचाईमा उक्लिएको छ । खुद्रा विक्रीमा खर्च भएको कुल रकमको एक तिहाईभन्दा बढी अनलाइनमार्फत भएको छ । 

पछिल्लो पटक विक्रीमा उच्च कमी आएको भएपनि यो शुरुमा लगाइएको लकडाउनको जत्तिको धेरै नभएको ओएनएसका डेपुटी नेशनल स्ट्याटिष्टिशयन फर इकोनोमिक स्ट्याटिष्टिक जोनाथन अथोले बताए ।

सम्पूर्ण विक्रीमा अनलाइन विक्रीको अनुपात ३५ दशमलव २ प्रतिशतको कीर्तिमानी स्तरमा पुगेको उनले बताए । लकडाउन बीच पब र रेष्टुराँहरु बन्दा हुँदै फूड स्टोरमा विक्री पनि बढेको थियो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्