ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

फोनलोनमा सर्वसाधारणको आकर्षण बढ्दो : १०० दिनमा १ हजार जनाले लिए ऋण

२०७७ फागुन, ९  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ९, काठमाडौं । फोनबाट ऋण लिने सुविधा प्रति सर्वसाधारणको आकर्षण तीव्र देखिएको छ । हाल फोन लोनको सुविधा नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंकले प्रदान गरेका छन् । 

नेपालमा पहिलोपटक शुरु भएको फोन लोनमार्फत १०० दिनमा एक हजार जनाले ऋण लिएका छन् । एफवान सफ्टले विकास गरेको फोन लोन सुविधामा बैंकिङ र कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिहरूमा तीव्र आकर्षण देखिएको हो ।

बैंकमा खाता भएका व्यक्तिहरूले आवश्यकता अनुसार ऋण मोबाइलबाट लिन सक्नेछन् । बैंकमा नियमित कारोबार गरेका र क्रेडिट हिस्ट्र राम्रो रहेका ग्राहकहरूलाई यस्तो सुविधा प्रदान गरिन्छ । बैंकले दुई लाख रूपैयाँसम्म यस्तो लोन दिने गरेका छन् । 

बैंकमा खाता भएका व्यक्तिहरूले आफ्नो मोबाईल बैंकिङमार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको खातामा ऋण उपलब्ध हुन्छ । यसका लागि बैंकसम्म जानु्पर्ने तथा धितो राख्नुपर्ने झञ्झट हुँदैन । 

ऋण लिन इच्छुक ग्राहकले कुनै कागजी प्रक्रिया बिना नै आफ्नो मोबाईल  बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्ने छन् । बिना धितो, बिना कागजी प्रक्रिया तत्कालै ऋण पाइने भएकाले यसमा आकर्षण निकै बढेको एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताए । 

उनले भने ‘एफवान सफ्टले जहिलेपनि आम मानिसको दैनिकीलाई सहज र सरल बनाउने किसिमका प्रविधिको निर्माण गर्दछ । यसैक्रममा हामीले फोनबाटै लोन लिन सकिने प्रविधिको विकास गयौँ’ । जसलाई बैंकहरूले एडप्ट गरिदिनुभयो । यो सुविधामा अहिले बैंकहरुमा आकर्षण निकै देखिएको छ । आगामी दिनमा अन्य बैंकहरूमा पनि यो सुविधा थप हुँदै जाने विश्वास लिएका छौँ। 

एफवान सफ्ट नेपालको सबैभन्दा ठूलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी हो । कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गरेको छ । यस्तै एफवान सफ्टले इसेवा र फोनपे जस्ता मोबाईल मार्फत हुने भुक्तानीको विकास गरेको छ । एफवान सफ्ट ग्रुपले एक हजारभन्दा बढी दक्ष जनशक्तिलाई रोजगारी प्रदान गरेको छ ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्