काठमाडौं (अस) । सनराइज बैंकले आफ्नो मोबाइल बैंकिङ सन्राइज स्मार्टको प्रयोग गरी मनकामना केबुल कारको टिकट खरिद गर्दा क्यास ब्याक दिने योजना ल्याएको छ ।
योजनाअन्तर्गत सन्राइजका ग्राहकले बैंकको सन्राइज स्मार्ट प्रयोग गरी खरिद गरिएको हरेक टिकटमा १०० रुपैयाँ क्यास ब्याक प्रदान गर्नेछ । योजना ०७७ फागुण ७ देखि चैत मसान्तसम्म रहने बैंकले जनाएको छ । कोभिड–१९ को अवस्थामा बैंकले ल्याएको योजनाले नगदको सट्टा डिजिटल कारोबारलाई प्रोत्साहित गर्ने विश्वास बैंकको छ ।