ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्राइम लाइफका विभिन्न भुक्तानी सीधै लाभग्राहीको खातामा

२०७७ फागुन, १०  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सम्पूर्ण भुक्तानी स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने व्यवस्था गरेको छ ।

एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी यसभित्रका एनसीएचएल–आईपीएस तथा कनेक्टआईपीएस प्रणालीमार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानी रियल–टाइम तथा नन–रियलटाइममा स्वचालित रूपमा कारोबार गर्न सक्ने प्राइम लाइफ पहिलोे इन्स्योरेन्स कम्पनी भएको छ । हाल कम्पनीले सिद्धार्थ बैंकमार्फत यी भुक्तानी कारोबार गर्नेछ ।
यो व्यवस्थाको सुरुआतसँगै प्राइम लाइफले इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानीलगायत आफ्ना  लगानीसम्बन्धी कारोबारमा आबद्ध भएका बैंक खाताबाट सोझै गर्न सक्नेछ ।

प्राइम लाइफसँगै २३ जीवन तथा निर्जीव बीमाप्रदायक कम्पनीको बीमा शुल्क (प्रिमियम) को संकलन  हाल अनलाइनमार्फत कनेक्टआईपीएस ई–पेमेन्टबाट भइरहेको छ भने ४ वटा बीमा कम्पनी भने एनपीआई प्रणालीमा आबद्ध भइसकेका छन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्