ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

राष्ट्रिय बहिरा महासंघका सदस्यलाई शेयर बजारसम्बन्धी तालिम

२०७७ फागुन, १०  
बजार
NA

काठमाडौं (अस) । प्रभु क्यापिटल लिमिटेडले राष्ट्रिय बहिरा महासंघ नेपालको सहयोगमा शेयर बजारसम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

प्रज्ञा प्रतिष्ठानको सभाहलमा सम्पन्न सो कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ नेपालअन्तर्गतका करिब २ सय ५० जना सदस्य सहभागी थिए । कार्यक्रममा प्रभु क्यापिटलका चिफ बिजनेस अफिसर वासु थपलियाले महासंघका सदस्यलाई प्रभु क्यापिटलमा डिम्याट खोल्दा कुनै पनि शुल्क नलाग्ने र कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महासंघका सदस्यलाई निःशुल्क डिम्याटको सुविधा प्रदान गर्ने बताए ।

कार्यक्रमको अध्यक्षता गरेकी महासंघकी उपाध्यक्ष  सत्यदेवी वाग्लेले शेयर बजारसम्बन्धी तालिम फलदायी भएको जानकारी दिइन् । तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले गरेका थिए भने सांकेतिक भाषामा बहिरा महासंघका दोभाषेत्रय दिनेश श्रेष्ठ, टीकाराम लामिछाने र कमला भट्टराईले प्रस्तुत गरे ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्