काठमाडौं (अस) । नेपाल एसबीआई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरास्थित मानवसेवा आश्रममा सोलार वाटर हिटर, १० वटा बेड, मास्क तथा स्यानिटाइजर प्रदान गरेको छ ।
सन् २०१८ मा स्थापना भएको उक्त सामाजिक संस्थाले सडकमा बस्ने शारीरिक तथा मानसिक रूपमा अशक्त व्यक्तिहरूको उद्धार तथा पुनस्र्थापनामा सहयोग गर्दै आएको छ ।
हेटौंडा, मकवानपुरमा प्रधान कार्यालय रहेको उक्त आश्रमले ७ प्रदेशका १७ केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ । उक्त संस्थामा आयोजना गरिएको कार्यक्रममा भारतीय स्टेट बैंक तथा नेपाल एसबीआई बैंकका उच्च अधिकारीहरूले आश्रमका गण्डकी प्रदेश प्रमुख होमनाथ तिमिल्सिना तथा कास्की जिल्ला संयोजक राजन सापकोटालाई सहयोग सामग्री हस्तान्तरण गरे ।