ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आरएमडीसीद्वारा दृष्टिविहीनलाई सेतो छडी वितरण

२०७७ फागुन, १०  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले दृष्टिविहीनहरूलाई सेतो छडी वितरण गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दृष्टिविहीनलाई सेतो छडी वितरण गरेको छ ।

उक्त कार्यक्रममा आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले काठमाडौं जिल्लास्थित अपांगता संरक्षण नेपालका अध्यक्ष विरोध खतिवडालाई १५० वटा सेतो छडी हस्तान्तरण गरे । उनले केही दृष्टिविहीनलाई पनि सेतो छडी वितरण गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा आरएमडीसीका नायब प्रमुख कार्यकारी अधिकृत पृथबहादुर थापा, वरिष्ठ प्रबन्धक अन्नपूर्ण श्रेष्ठलगायत व्यवस्थापन समितिका अन्य अधिकृत र अपांगता संरक्षण नेपालका अध्यक्षसहितका पदाधिकारी सहभागी थिए ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्