ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मुक्तिनाथ विकास बैंकको ‘आस्क मुक्ति भाइ’ भर्चुअल सहायता सेवा

२०७७ फागुन, १०  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । मुक्तिनाथ विकास बैंकले डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहक सुविधाका लागि ‘आस्क मुक्ति भाइ’ भर्चुअल (अनलाइन) सहायता सेवा आफ्नो वेबसाइटमार्फत सञ्चालनमा ल्याएको छ ।

ग्राहकले यस भर्चुअल सहायता सेवामार्फत छिटो–छरितो र सहज रूपमा बैंकका प्रडक्ट र सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी र जिज्ञासा लिन सक्ने सक्नेछन् ।
 
यो सेवा इन्टरनेटको पहुँचमा रहेका व्यक्तिले २४ घन्टा लिन सक्ने बैंकले जनाएको छ । आर्टिफिसियल इन्टेलिजेन्स आधारित यो च्याटवट सेवा डिजिटल बैंकिङका अत्याधुनिक पद्धतिबाट सञ्चालनमा ल्याइएको बैंकले बताएको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, इन्टरनेट बैंकिङलगायत कार्य बैंकको शाखामा उपस्थित नभई घरबाटै गर्न सकिने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्