ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

गोंगबु क्षेत्रका होटल व्यवसायीलाई सिद्धार्थ बैंकको क्यूआर कोड

२०७७ फागुन, १०  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । सिद्धार्थ बैंक लिमिटेडले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकको गोंगबु शाखामा यस क्षेत्रका नेपाल होटल व्यवसायीमा आबद्ध ५० व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।

गोंगबु शाखा प्रबन्धक मीनबहादुर चौलागाईं, नेपाल होटल व्यवसायी संघका महासचिव गणेश ढकालका साथै होटल व्यवसायी सहभागी उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृृत शम्भुनाथ गौतमले श्रमिक गेस्टहाउसमा क्यूआर कोडमार्फत भुक्तानी गरी कार्यक्रम सुरु गरेका थिए ।

उक्त क्यूआर कोड सेवा सुरु भएसँगै ग्राहकले नेपाल होटल व्यवसायी संघअन्तर्गतका होटल तथा लजहरूमा आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी होटल सञ्चालकलाई सीधै खातामा भुक्तानी गर्न सक्नेछन् ।

बैंकले हाल ५० होटल व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । आगामी दिनमा होटल संख्या थप्ने कार्यलाई निरन्तरता दिँदै जाने योजना बैंकको छ ।

नगदरहित कारोबार प्रवर्द्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममार्फत साना तथा मझौला उद्यमी डिजिटल बैंकिङतर्फ प्रोत्साहन हुने विश्वास बैंकले लिएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्