ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कर्जा निक्षेप अनुपात ९० प्रतिशत

२०७७ फागुन, १०  
१० वर्ष अघि
NA

चालू आर्थिक वर्षको पहिलो नौ महिनासम्ममा वाणिज्य बैंकहरूको कर्जा तथा लगानी निक्षेपको ८९.१ प्रतिशत पुगेको राष्ट्र बैंकको तेस्रो त्रैमासिक विवरणमा उल्लेख छ । गत असार मसान्तमा यो ८१.२ प्रतिशत थियो । बैंकहरूले तरलता अभाव रहेको बताए पनि कर्जा लगानीमा भने नियन्त्रण गरेका छैनन् । गत साउनयता बैकको कर्जा तथा लगानी नौ महिनामा ११.३ प्रतिशतले बढेको छ । चैतसम्ममा बैंकहरूले निक्षेप संकलनभन्दा बढी तीव्रताका साथ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा निक्षेप संकलन रू २६ अर्ब ५१ करोड भएको छ भने कर्जा प्रवाह रू ५८ अर्ब ६० करोड भएको छ ।

राष्ट्र बैंकले घरजग्गामा लगानी गर्न बैंकहरूलाई कडाइ गरेको भए पनि यस क्षेत्रमा पनि लगानी बढेको छ । अघिल्लो आवको पहिलो नौ महिनामा रू९ अर्ब ४६ करोड रहेको घरजग्गातर्पmको लगानी चालू आवको साही अवधिमा रू. १६ अर्ब ४९ करोड पुगेको छ । बैंकले पहिलो नौ महिनामा निजी क्षेत्रतर्फको कुल लगानी अघिल्लो आवको सोही अवधिको भन्दा रू. ९ अर्ब २३ करोडले बडाएका छन् ।

अहिले वाणिज्य र्बैंक समूहको जम्मा निक्षेपको तरलता रू. ६२ अर्ब ९२ करोड रहेको थियो । निक्षेप र अन्य तरल सम्पत्तिसमेत गरेर अहिले बैंकहरूसँग करिब डेढ खर्ब रुपैयाँको तरलता रहेको राष्ट्र बैंक सुपरिवेक्षण विभाग प्रमुख महाप्रसाद अधिकारी बताउँछन् ।

वर्ष ५, अंक ३९, २०६७, जेठ १७–२३

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्