ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

निर्माणाधीन ‘तनहुँ सभाहल’ ७५ प्रतिशत सम्पन्न

२०७७ फागुन, १०  
गण्डकी प्रदेश
NA

तनहुँ । गण्डकी प्रदेशकै गौरव तथा ठूलो आयोजनाको रूपमा रहेको ‘तनहुँ सभाहल’को निर्माण ७५ प्रतिशत सम्पन्न भएको छ । २०७४ पुस १३ मा सम्झौता गरी २०७७ असार १३ मा निर्माण सम्पन्न गर्ने सम्झौता भएकोमा कोभिड प्रभावका कारण ढिलाइ भएको निर्माण कम्पनी डाँफे एमए प्रतिष्ठा जेभी काठमाडौंले बताएको छ ।

कोभिड–१९ का कारण सम्झौता अवधिमा निर्माण सम्पन्न हुन नसकेपछि कम्पनीका लागि ६ महीना म्याद थप गरिएको थियो । सो अवधिमा पनि सम्पन्न गर्न नसकिने देखिएकाले पुनः ६ महीना समय थप्न प्रक्रिया अघि बढाइएको निर्माण कम्पनीका इञ्जिनीयर विक्रम केसीले बताए ।

व्यास नगरपालिका–३ बीपीवन वाटिकामा निर्माणाधीन उक्त भवनको मुख्य भौतिक कार्य पूरा भए पनि फिनिसिङ लगायत काम बाँकी छ । इञ्जिनीयर केसीका अनुसार अहिले मार्बल बिच्छ्याउने कार्य, प्लम्बिङ, एसी जडानलगायत काम भइहेको छ ।  

करिब ६ हजार ५०० वर्गफिट क्षेत्रफलमा रहने सभाहलका लागि दुई ब्लकमा भवन निर्माण गरिएको छ । निर्माणाधीन सभाहलको क्षमता ७५० को रहेको छ । चार ढलानको निर्माण हुने सो भवनको भुइँ ढलानमा सवारी पार्किङ, दोस्रो तल्लामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम कक्षलगायत सुविधायुक्त कक्ष रहनेछन् ।     

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय गोरखाको आर्थिक सहयोगमा भवन निर्माण अघि बढाइएको निर्माण कम्पनीका साइट सुपरभाइजर गौतम घिमिरेले जानकारी दिए । भवन कुल २३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा बन्न लागेको हो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्